अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा राई

Image
Nisarga Hospital

अत्तरिया : नेकपा एमाले सम्बद्ध अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन्।

CP Hospital Dhangadhi

धनगढीमा सम्पन्न अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजक समेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी गठन गरेको हो। उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन्।

Attariya Hospital

सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधवार अधिवेशनको उद्घाटन गरेका थिए।

nawajiwan