कैलाली डिभिजन वन कार्यालयले चिसोलाई मध्यनजरगरी गर्यो दाउरा वितरण

Image
Nisarga Hospital

कैलालको धनगढीका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्याल कैलालीले , धनगढीका विभिन्न चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो।

CP Hospital Dhangadhi

चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गर्न डिभिजन बन कार्यलयलाइ पत्राचार गरेको थियो । सार्वजनिक स्थलहरूमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न मन्त्रालयले गत मङ्गलवार सुदूरपश्चिम प्रदेशमा रहेका सबै डिभिजन वन कार्यालयका नाममा निर्देशन जारी समेत गरेको थियो।

Attariya Hospital

शीतलहरका कारण केही दिनयता तराइमा चिसो अत्यधिक बढेको छ। चिसोका कारण, भूमिहीन, सुकुम्वासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धाले चिसोमा बढी समस्या भोग्नुपर्छ। चिसोबाट बच्नका लागि दाउरा वितरण गरिएको डिभिजन बन कार्यलय धनगढी कैलालीका प्रमुख रामचन्द्र कडेलले जानकारी दिए ।

nawajiwan

डिभिजन वन कार्यालयले विगतका वर्षदेखि जाडोको समयमा दाउरा वितरण गर्दै आएको बताए ।