बैतडीमा एनआरवाइसी टि १० क्रिकेट शुरू,पहिलाे दिन ३ खेल सम्पन्न

Image
Nisarga Hospital

बैतडी: बैतडीमा आजदेखि १६ औ संस्करणकाे एनआरवाइसी कप टि १० क्रिकेट प्रतियाेगिता शुरू भएकाे छ। नागार्जुन रणशैनी युवा क्लब,बठ्ठाकाे आयाेजनामा बगलेखान माविकाे मैदानमा प्रतियोगिता शुरू भएको हाे।

CP Hospital Dhangadhi

प्रतियोगिताकाे उद्घाटन बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले गर्नुभएकाे आयाेजक नागार्जुन रणशैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयाे।

यस्तै उद्घाटन समारोहमा दशरथचन्द नगरपालिका ११ का वडाध्यक्ष जयदत्त पन्त,क्लबका अध्यक्ष तारा महरलगायतकाे उपस्थिति रहेकाे थियोे ।

nawajiwan

उद्घाटनपश्चात् आज ३ खेल सम्पन्न भएका छन्। पहिलाे खेलमा एनआरवाइसी ए टिमले मावि बगलेखानलाई ९ विकेटले हरायो । दाेस्राेमा पञ्चकाेटी युवा क्लव र तेस्रोमा सिद्धकेदार ग्वाल्लेक विजयी भएकाे छ।

Attariya Hospital

१३ टाेली सहभागी प्रतियोगिताका खेलहरू ४ समूहमा विभाजन गरि भइरहेका छन्।
माघ १ गते सम्पन्न हुने प्रतियोगिताकाे विजेताले २५ हजार,ट्रफि मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै उपविजेताले १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ ।

यसका साथै म्यान अफ दि सिरिजलाई ५ हजार ५ सय,बेस्ट बलर,बेस्ट ब्याटर, बेस्ट फिल्डर,बेस्ट किपर र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि पुरूस्कारकाे व्यवस्था गरिएको छ।

एनआरवाइसी कप क्रिकेट प्रतियोगिता विगत १५ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएकाे क्लबका प्रवक्ता महेश चन्दले बताउनुभयो ।
प्रतियाेगिताले क्रिकेटकाे विकास हुने विश्वास रहेकाे आयाेजक नागार्जुन रणशैनी युवा क्लबले जनाएको छ।