अत्तरिया महोत्सवमा आज शान्तिश्री परियार, सुरेश चोखाल लगायतको प्रस्तुती रहने

Image
Nisarga Hospital

अत्तरियाः अत्तरिया कैलालीको अत्तरियामा हिजोबाट सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायिका शान्तिश्री परियार लगायतको प्रस्तुती रहने भएको छ ।

CP Hospital Dhangadhi

परियार अरेली काँडैले मलाई च्वास्सै च्वास्सै,बोल माया।गलबन्दी च्यातियो लगायतका चर्चित गीतहरुकी गायीका हुन् । त्यस्तै डेउडा गायक सुरेश चोखालको प्रस्तुती पनि आजै रहने भएको छ ।

Attariya Hospital

चोखालले आइजा मेरी जसुली लगायतका चर्चित गीतहरु गाएका छन् । आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ । जस्मा कृष्ण विक,केशव फुलारा,डिबी निंरकारी र शुसिला कार्की रहेका छन् ।

nawajiwan

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।