युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँग युद्धविराम अस्वीकार

Image
Nisarga Hospital

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धविराम अस्वीकार गरेका छन्। उनले युद्धविराम गरे पनि रुस माथि हुने र आफूहरूलाई कुल्चिन सक्ने बताएका छन्।

CP Hospital Dhangadhi

‘युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन’, इस्टोनिया भ्रमणका क्रममा उनले भने, ‘युद्धविराम रुसको हातमा हुनेछ, युद्धविरामले पछि हामीलाई कुल्चिन सक्नेछ।’

सन् २०२२ फेब्रुअरीमा रुसको पूर्णस्तरको आक्रमणपछि कहिलेकाहीँ सीमित युद्धविरामको प्रस्ताव गरिएको थियो तर लागु गरिएको छैन। २२ महिनाको युद्धपछि र लामो संघर्षको सम्भावनाका साथ दुवै पक्षले आफ्ना हतियार पुनः बढाउन प्रयास गरिरहेका छन्।

nawajiwan
Attariya Hospital

जेलेन्स्कीलेयुक्रेनलाई रुसी आक्रमणबाट बचाउन हवाइ रक्षा प्रणाली आवश्यकता रहेको बताएका छन्। उनका अनुसार रुसले बारम्बार युक्रेनी क्षेत्रमा नागरिकहरूमाथि हवाइ आक्रण गरिरहेको छ तर मस्कोका अधिकारीहरूले उनीहरूको लक्ष्य केवल सैन्य लक्ष्यलाई निशाना बनाउनु रहेको बताएका छन् ।

किएभमा अधिकारीहरूका अनुसार हालै ठूलो स्तरमा रुसी ब्यारेजबाट डिसेम्बर २९ र जनवरी २ का बिचमा ५०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरिएको थियो। युक्रेनको हवाइरक्षा स्रोतको प्रयोग भइरहेको भन्दै अधिकारीहरूले भविष्यमा हतियार आपूर्ति सुरक्षित नगरेसम्म मुलुक असुरक्षित बन्ने बताएका छन्। थाहाखबर बाट