गोदावरी नगरपालिका स्तरीय अपाङ्गता सञ्जालको अध्यक्षमा लक्ष्मण बिक

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका स्तरीय अपाङ्गता सञ्जालको अध्यक्षमा लक्ष्मण बिक सर्बसहमत चयन भएका छन । बुधबार संञ्जालको दोस्रो नगर अधिवेशनबाट विक अध्यक्षमा चयन भएका हुन ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका भित्र अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाहरूको उक्त सञ्जालको उपाध्यक्षमा खडक कुमारी बुढा, सचिवमा जय बहादुर धामी, सहसचिवमा नरदिप बहादुर धामी र कोषाध्यक्षमा कुश्मा कुमारी जोशी चयन भएका छन ।

Attariya Hospital

त्यस्तै सञ्जालको सदस्यहरूमा पार्वती देवी भट्ट, ललिता भण्डारी, शेर बहादुर बिक, नवराज भाट, बशुन्धारा चिराल, दल बहादुर नेपाली र मिना भट्ट चयन भएका छन । समितिमा एक जना सदस्य सञ्जालको पहिलो बैठकबाट मनोनीत गरिने जनाइएको छ । उनी एस क्षेत्रम हेरक सामाजिक कार्य मा सधैं अग्रसर हुने गर्दै छन ।

nawajiwan