
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन ।


प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख भट्टले गोदावरीको समग्र विकासका लागि खेलकुदको महत्तपूर्ण भूमिका हुने बताए । खेलाडीहरुलाई अनुशासीत भएर खेल्न आग्रह गर्दै रेफ्रिहरुलाई हाम्रो भन्दा पनि राम्रो खेलाडीलाई प्रोत्साहन गर्न नगरप्रमुख भट्टले आग्रह गरे ।

पुस २९ गतेसम्म संञ्चालन हुने प्रतियोगितामा २१ सामुदायिक र २१ संस्थागत गरी ४२ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ ।

प्रतियोगितामा भलिबल, कपड्डी, मार्सल आर्ट, एथलेटिक्स र फुटबल खेलहरु खेलाईने भएका छन् । सहभागि विद्यालयहरुमध्ये फुटबल खेलका लागि सबैभन्दा बढी टिमले नाम दर्ता गराएका छन् ।


प्रतियोगिता गोदावरी नगरपालिका – ५ मा रहेको सरस्वती मावि गेटामा हुने भएको छ । प्रतियोगिता गोदावरी-५ मा रहेको सरस्वती माध्यमिक बिद्यालयमा हुनेछ । प्रतियोगितामा १८ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले भाग लिन पाउने बताईएको छ ।
प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले बताए । प्रतियोगिता संयोजक भट्टराईले प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा गरिएको बताए । उनले प्रतियोगिता संचालन रहेको स्थानमा हेल्थ डेस्कको पनि व्यवस्था रहेको छ ।
गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तेस्रो पटक आयोजना गरेका छन् । यसअघि अत्तरियामा रहेको शैलेश्वरीा नमुना माविमा प्रतियोगिता आयोजना गरिएको थियो ।





























