गरिब पिडितको पिडा कम गर्ने प्रयासमा समाजसेवि लक्ष्मी

Image
Nisarga Hospital

हामिले देख्दै र बुझ्दै आएको समाजसेवा कुनै संगठन, संस्था वा पार्टीमा आबद्ध भएर केही आफ्ना निहित स्वार्थ सिद्धताको लागि गरिएको सहयोग बुझेका छौं। समाजसेवाको खास अर्थ चाहिँ निस्वार्थ ढङ्गले कुनै ब्यक्ति, समूह, संस्था, समाज वा समुदायको चुनौती र समस्यालाई समाधान गर्दै त्यसको आवश्यकता पूरा गर्न सहयोग गर्दै जीवनस्तर माथि उकास्न गरिने एक पवित्र कर्म हो।

CP Hospital Dhangadhi

ब्यक्तिगत स्वार्थबाट भिन्न, राजनीतिक संक्रमणबाट अलग, कुनै कसैको कुभलो नचिताई, समाजको भलाईको लागि दिनरात नभनी कटिबद्ध भएर लाग्ने थोरै छन्। ती मध्ये एक हुन, कैलालीको गौरीगंगा नगरपालिका वडा नं ०६ निवासी लक्ष्मी बोगटी कुवँर । डोटी जिल्लाको विकट पुर्विचौकी गाउँपालिका काडामाण्डौ गाउँमा वुबा रघु बोगटी र आमा पार्वती देवि बोगटीको कोखबाट वि.स. २०४९ साल पौष १२ गते जन्मिएकी लक्ष्मी बोगटी कुवँर २०६८ सालमा गौरीगंगा नगरपालिका वडा नं ६ निवासी दिपेन्द्र कुवँर संग बिहे गरेर घर परिवारसँगै बनबेहडामा बस्दै आउनु भएकी लक्ष्मि घामपानी नभनीकन सानो दुधे बालक छोडेर सामाजिक कार्यमा सक्रिय भएको करिब ५÷६ बर्ष भयो ।

Attariya Hospital

दुर्गम ठाउँमा जन्मेकी लक्ष्मी पाँच बहिनी मध्ये साहिली बहिनी हुन् । सानै देखि घरको आर्थिक अबस्थाबाट गुर्जिएकी र हरेक अभावबाट हुर्कदै गरेकि लक्ष्मी सानै उमेर देखी समाज सुधारको लागि उठाएका आवाजहरु, समाजको लागि गरेका सकारात्मक कार्यहरु, दीन दुःखहरुलाई आपत बिपतमा गरेका अनगिन्ती आर्थिक सहयोगहरु र समाज रुपान्तरणमा सधै लागीरहने उनि आफू न खायर धेरै दुखि गरिब असायलाई दिन पाय भन्ने सोच्थिन । उनि दुर्गम गाउमा हुर्किय पनि पढाईलाई उनकि आमाले साथ सपोट गरे संगै निकै कडा मेहनत गरेर उच्च शिक्षा हासिल गरेकि उनले १८ बर्षको उमेरमा बिहे गरेकि थिइन ।

nawajiwan

सानै उमेरमा बिहे गरेकि लक्ष्मीले श्रीमानको घरमा पनि धेरै दुख पाएकी थिइन । हरेक दिन पाएको दुखलाई सामना गरि हरेक दिन जसो तसो बित्ने गथ्र्यो । परोपकार र समाज सेवाको माध्यमबाट सामाजिक परिवर्तन गराउन सक्ने अद्भुत क्षमताकी धनी लक्ष्मीले समाजको लागि गरेका सकारात्मक कार्यहरु, दीन दुःखहरुलाई आपत बिपतमा गरेका अनगिन्ती आर्थिक सहयोगहरु र समाज रुपान्तरणमा गरिरहनु भएको अतुलनीय योगदान साच्चिकै यो समाजका लागि मात्रै नभएर पुरै देशको लागि एक गौरवको कुरा हो।