राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन, संयोजकमा खडका

Image
Nisarga Hospital

२०८० माघ ११ गतेका दिन हुने राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन भएको छ ।

CP Hospital Dhangadhi

समितिको संयोजकमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री श्री मेघराज खड्का, सदस्यमा ने.क.पा. माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कार्यसमितिका सचिव श्री जनक बहादुर बुढा, सदस्यमा ने.क.पा. समाजवादीका सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिव श्री दिनेशचन्द्र सुवेदी र नागरिक उन्मुक्ति पार्टी बाट पछि थप गर्ने गरी ४ सदस्यीय राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको छ ।


आज मिति २०८० पौष २७ गतेका दिन नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यालयमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश पार्टि सभापति बीर बहादुर बलायरको अध्यक्षतामा बसेको वैठकले नेपाल काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काको संयोजकत्वमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरेको हो ।

nawajiwan

सो बैठकमा नेकपा समाजबादीका केन्द्रीय सदस्य दिर्घबहादुर सोडारी, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी , नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री नर नारायण शाह (मनु) लगायतको उपस्थिति रहेको थियो ।

Attariya Hospital

उक्त समितिले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारलाई विजयी गराउन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सत्ता गठबन्धन दलका प्रमुख संग समन्वय गरी स्थानीय पालिका प्रमुख तथा उप–प्रमुख संग परामर्श, छलफल गर्नेछ ।

२०८० माघ ११ गतेका दिन हुने राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन भएको छ । समितिको संयोजकमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री श्री मेघराज खड्का, सदस्यमा ने.क.पा. माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कार्यसमितिका सचिव श्री जनक बहादुर बुढा, सदस्यमा ने.क.पा. समाजवादीका सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिव श्री दिनेशचन्द्र सुवेदी र नागरिक उन्मुक्ति पार्टी बाट पछि थप गर्ने गरी ४ सदस्यीय राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाका अनुसार आज मिति २०८० पौष २७ गतेका दिन समन्वय समिति गठन गरिएको छ ।