उन्मुक्तिको अध्यक्षमा रेशमको एकल उम्मेदवारी, महासचिवमा आधा दर्जन आंकाक्षी

Image
Nisarga Hospital

अत्तरिया : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले उम्मेदवारी दिएका छन्। टीकापुरमा जारी महाधिवेशनमा अध्यक्षमा उनको एकल उम्मेदवारी परेको केन्द्रीय सदस्य गणेश चौधरीले बताए। २०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि उनी पार्टीको संरक्षक थिए। गत जेठमा मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए। हाल पार्टीको अध्यक्षमा रेशमकी पत्नी रञ्जीता श्रेष्ठ छिन्।

CP Hospital Dhangadhi
Attariya Hospital

महासचिवमा आधा दर्जन बढी आकांक्षी देखिएका छन्। अहिलेसम्म ठाकुरसिंह थारु, धर्म थारु र गंगा थारुले महासचिवका लागि उम्मेदवारी दिएका छन्। गत जेठमा पूर्वसांसद रेशम चौधरी रिहा भएका थिए। मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी रिहा भएका हुन्।

nawajiwan