नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत

Image
Nisarga Hospital

टीकापुर:  नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । यसअघि रेशमपत्नी रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष थिइन् । नागरिक उन्मुक्ति पार्टीको अधिवेशनमा प्रथम निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।

CP Hospital Dhangadhi

टीकापुरमा जारी पार्टीको प्रथम अधिवेशनले पार्टीका संरक्षक रहेका चौधरीलाई सर्वसम्मत चयन गरेको हो। रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।उक्त समयभित्र चौधरीको मात्रै उम्मेदवारी परेकोले सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए।

Attariya Hospital

रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए।त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ। ‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष सर्वसम्मत चयन गरियो,’ निवर्तमान महासचिव रतन थापाले भने, ‘अरू पदहरूमा सहमतिको प्रयास जारी छ, सहमति निर्वाचनबाट टुंगो लगाइनेछ।’

nawajiwan

अध्यक्ष भएका चौधरी यसअघि पार्टीको संरक्षक थिए। पार्टी अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्। रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।नागरिक उन्मुक्तिले एक व्यक्ति एक पद लागू गर्ने बताएको थियो। टीकापुर घटनापछि केही वर्ष चौधरी भूमिगत थिए। उनी राजपाबाट २०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनी केही समयपछि जेल परेका थिए। सोही बेला नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। महाधिवेशनबाट ३९ जना पदाधिकारीसहित दुई सय ४६ सदस्यीय केन्द्रीय समिति सदस्य निर्वाचनबाट र दुई सय ५५ जना केन्द्रीय सदस्य मनोनीत गर्ने पार्टीको विधानमा व्यवस्था छ।