प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमकाे टाेली घाेषणा

Image
Nisarga Hospital

बैतडीः प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिम प्रदेशकाे टाेली घाेषणा गरिएको छ। राजु रिजालको कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे।

CP Hospital Dhangadhi

टाेलीका अन्य सदस्यहरूमा टेक रावत,गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा,किरन कुमार ठगुन्ना,नारायण जोशी,शेर मल्ल,नरेन साउँद,प्रकाश पाण्डेय,मिलन बोहरा,विकास आग्री,दिपक चन्द र भोज राज भट्ट रहेका छन्।यस्तै अभिशेक पाल,वसन्त खत्री,युवराज खत्री
र सन्जय बोहरा वैकल्पिक खेलाडीका रूपमा छनाैट भएका छन्।

Attariya Hospital

केही दिन अगाडि सम्पन्न छनाैट प्रतियोगिता र त्यसपछि सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टाेलीमा परेका हुन्।
प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमकाे पहिलाे खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसंग रहेको छ।

nawajiwan