पवित्र गोदावरी धामलाई पर्यटकिय क्षेत्र बनाउन खोजेका छौ- मेयर भट्ट

Image
Nisarga Hospital


अत्तरिया: सुदुरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकिय स्थल कैलालीको गोदावरीधाममा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने भएको छ । गोदावरी धाम व्यवस्थापन समितीले मकर मेलाका लागि तयारी अन्तिम चरणमा पुर्याएको छ ।

CP Hospital Dhangadhi

कैलाली कञ्चनपुर सहित छिमेकी देश भारतबाट ठुलो संख्यामा भक्तजन आउने भएकाले त्यसको तयारी को लागि शिव मन्दिर जाने बाटो निर्माण, कुम्भ बाटिका क्षेत्रको ग्राउन्ड सम्याउने कार्य हुन थालेको समितिले जनाएको छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । माघे सङ्क्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।

Attariya Hospital

माघे संक्रान्तिका दिन देखि सुरु हुने मकर मेलाका लागि गोदावरी धामलाई बर्षातको समयमा बाढीले बगाएको ठाउँमा पैदल तिर्थालु भक्तजनहरुका लागि बाटो सम्याउने लगायतका कार्यहरु भएका छन् । यता गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले हिन्दुधर्म अनुसार धार्मिक स्थल गोदावरीमा लाग्ने मेलाका लागि बाढीले बगाएको क्षेत्रमा नगरपालिकाकले जेसिभी लगाएर मर्मत सम्भार गरेको बताए । उनले मेला लाग्ने ठाउ गोदावरीधाम सम्म अत्तरिया बजारबाट श्रदालु भक्तजनहरुलाई आवतजावतमा सहजका लागि बसको पनि व्यवस्था गरिने बताएका छन् ।

nawajiwan


मेयर भट्टले पवित्र गोदावरी धामलाई पर्यटकिय क्षेत्र बनाउन खोजेको बताए । त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले गोदावरीमा बाढीले बगाएको क्षेत्रमा मर्मत सम्भारका लागि एक हप्तादेखी नगरपालिकाको जेसीबी लगाएर मर्मत कार्य भईरहेको बताएका छन् । उनले उक्त क्षेत्रमा बिजुली बत्ती, खानेपानी जडान लगायतका कार्य भईरहेको बताए ।