पूर्ब राज्यमन्त्री रैका द्घारा लिखित पुस्तक प्रदेश प्रमुख बाट बिमोचन

Image
Nisarga Hospital

नेपाली काग्रेसका नेता एंव सुदूरपश्चिम प्रदेशका पूर्ब सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका द्घारा लिखित थरगोत्र वंशावली नामक पुस्तकको बिमाोचन गरिएको छ ।

CP Hospital Dhangadhi

गोदाबरी बाह्र राशि दर्शन मकर मेला २०८० को अवसरमा अायोजित एक बिशेष भब्य समारोहका बिच सुदूरपश्चिम प्रदेशका प्रमुख देबराज जोशी ले बिमाचन गरेका हुन ।

कार्यक्रममा प्रदेश प्रमुख जोशीले पुस्तकका लेखक पूर्ब राज्यमन्त्री रैकालाई बधाई ज्ञापन गर्दे पुस्तकले साहित्य एंव सास्कृतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो । कार्यक्रममा गोदाबरी धामका अध्यक्ष पदमराज जोशी ले पूर्ब राज्यमन्त्री रैका द्घारा लिखित पुस्तकको परिचर्चा गर्दे सुदूरपश्चिमको पहिचान कला,साहित्य संस्कृति संरक्षणमा पूर्ब राज्यमन्त्रीको सकृयता अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो ।

nawajiwan
Attariya Hospital

कार्यक्रममा पुस्तकका लेखक एंव पूर्ब राज्यमन्त्री टेक बहादुर रैका, प्रदेश सासदहरु प्रकाश बम,तुलसी देबकोटा,खेमा बिष्ट गोदाबरी नगर प्रमुख बिरेन्द्र भट्ट लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रम गोदाबरी धामका अध्यक्ष पदमराज जोशी को अध्यक्षतामा सम्पन्न भएको थियोे ।