कैलालीको गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा कुम्भमेला (फोटो फिचर)

Image
Nisarga Hospital

कैलालीको गोदावरी धाममा आजदेखि कुम्भमेला लागेको छ । गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा लाग्ने मेला आजदेखि सुरु भएको हो ।

मेलाको अवसरमा विहानै देखि गोदावरीमा स्नान गर्नेहरुको भिड लागेको छ । यसअघि आइतबार मकर संक्रान्तिका अवसरमा बाह्रराशी दर्शन मकर मेलाको सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका थिए ।

CP Hospital Dhangadhi

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । माघ १ गते देखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ ।कुम्भमेलाका लागि गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको छ ।
नगरप्रमुख बिरेन्द्र भट्टले मेलामा सहभागि जाना जान सहज होस भनेर अत्तरियाबाट ६ वटा बसको व्यवस्था गरेको बताए । उनले जाडोको मौसम भएकाले नगरपालिकाले दाउराको व्यवस्था पनि गरेको बताए ।

Attariya Hospital

मेला स्थलमा बाटो निर्माण, मेला स्थल सम्याइएको उनले बताए । ‘हाम्रो यस क्षेत्रको ठूलो धार्मिक तीर्थ स्थल भएका कारणले गोदावरी नगरपालिकाले त्यसलाई संरक्षण गरेको छ’ उनले भने ‘यस पटक बाढीले भौतिक संरचनामा क्षति पु¥याएकाले पूर्व तयारीमा धेरै चुनौती थियो ।

हामीले विगत १० दिन देखि नगरपालिकाको टिप्पर, ट्याक्टर, जेसिबी पठाएर मन्दिरसम्म जाने बाटो बनाएर ग्राउन्ड सम्याएका छौ ।’ उनले पारी मन्दिर जाने बाटो निर्माणका लागि नेपाली सेनाले पनि सहयोग गरेको बताए ।

nawajiwan