२५० युक्रेनी युद्धबन्दीलाई आजीवन काराबास सजाय

Image
Nisarga Hospital

रुसले करिब साढे दुई सय युक्रेनी युद्धबन्दीलाई आजीवन काराबास सजाय सुनाएको छ। सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा २४२ सैनिकलाई सजाय सुनाएको बताएको छ।

CP Hospital Dhangadhi

क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका हुन्। ‘दुई सयभन्दा बढी युक्रेनी सैन्यकर्मीहरूलाई नागरिकको हत्या र युद्धबन्दीहरूसँग दुर्व्यवहार गरेको आरोपमा लामो कारागार सजाय सुनाइएको छ’, रुसको अनुसन्धान समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले सरकारी समाचार आउटलेट आरआइए नोभोस्तीलाई अन्तरवार्ता दिँदै भने।

Attariya Hospital

उनले ‘उच्चस्तरीय अधिकारीहरू’ सहित युक्रेनी सैन्य कर्मचारीहरूमाथि मस्कोले मुद्दा चलाउने आफ्नो प्रयासलाई ‘जारी राख्ने’ बताए। धेरै युक्रेनी युद्धबन्दीलाई पूर्वी युक्रेनमा राखिएको छ भने अन्यलाई रुस लगिएको छ।

nawajiwan

रुससँग रहेका हजारौँ बन्दीमध्ये धेरैलाई सन् २०२२ मा बन्दरगाह सहर मारिउपोल घेराबन्दीका क्रममा लगिएको थियो। किएभ र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले युद्धबन्दीहरूमाथि मस्कोको परीक्षणहरूलाई अवैध भन्दै निन्दा गरेका छन्।