
बैतडी: बैतडीमा सम्पन्न १६ औ संस्करणकाे एनआरवाइसी कप टि १० क्रिकेट प्रतियाेगिताकाे उपाधि पञ्चकाेटी युवा क्लबले हात पारेकाे छ। साेमबार सम्पन्न फाइनल खेलमा आयाेजक एनआरवाइसी बठ्ठालाई १९ रनले हराउदै पञ्चकाेटी च्याम्पियन बनेको हाे।

उपाधिसंगै पञ्चकाेटीले २५ हजार,ट्रफि मेडल र प्रमाणपत्र र एनआरवाइसीले १५ हजार ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझायाे।
फाइनल खेलमा टस जितेर ब्याटिङ गरेकाे पञ्चकाेटीले निर्धारित १० ओभर मा ५ विकेट को नोक्सानीमा ९१ रन बनायाे। जसमा सुमित बुडालले २९ रन र ललित मौनीले ११ रन हिर्काए।एनआरवाईसीका मदन चन्द ले २ विकेट हात पारे ।
बगलेखान मैदानमा ९२ रनकाे लक्ष्य पन्छ्याउने क्रममा एन आर वाई सी ६ विकेट को नोक्सानी मा ७२ रन मात्र बनाउन सक्यो । उसका ऋषिकेश बोहराले सर्वाधिक २१ रन जोडे। पञ्चकोटी को तर्फ बाट सुमित बुडालले ३ विकेट हात पारे । उनी म्याच को म्यान अफ दि फाइनल चुनिए।


यसैबीच कैलपालका अमर चन्द म्यान अफ दि सिरिज भए । उनले ५ हजार ५ सय पुरूस्कार पाए। यसका साथै एनआरवाइसीका कल्पेश चन्द बेस्ट बलर, डम्बर तिरूवा बेस्ट ब्याटर,श्यामबहादुर चन्द बेस्ट फिल्डर,भुपेश बाेहरा बेस्ट किपर र सन्ताेष चन्द उदयीमान खेलाडी बने।
विजेता उपविजेता खेलाडीलाई द.न.पा ११ का वडा अध्यक्ष श्री जय दत्त पन्त र द.न.पा ९ का वडा अध्यक्ष माेहनदेव जाेशी,क्लबका अध्यक्ष तारा महरलगायतले पुरूस्कार वितरण गरे।
एनआरवाइसी कप क्रिकेट प्रतियोगिता विगत १५ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएकाे क्लबका प्रवक्ता महेश चन्दले बताए ।
क्रिकेटकाे विकास र खेलाडी उत्पादनका लागि नागार्जुन रणशैनी युवा क्लबले सञ्चालन गर्दै आएको प्रतियोगिता निकै महत्त्वपूर्ण रहेकाे छ।






























