प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशले उत्कृष्ट प्रदर्शन, कर्णाली प्रदेशलाई २७८ रनको लक्ष्य

Image
Nisarga Hospital

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटअन्तर्गत कर्णाली प्रदेशविरुद्ध सुदूरपश्चिम प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै २७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७७ रन जोड्यो ।

CP Hospital Dhangadhi

सुदूरपश्चिमका लागि ओपनरद्धय खडक बोहरा र टेक रावत दुवैले अर्धशतक प्रहार गर्दा किरण ठगुन्नाले पनि अर्धशत प्रहार गरे । ११४ बलको सामना गरेका बोहराले ६ चौका हिर्काउँदै ८० रन जोड्दा ९१ बलमा ७ चौकाको मद्दतमा रावतले ५९ रन जोडे ।

Attariya Hospital

ठगुन्नाले ३३ बलमा ५ चौका र ३ छक्कासहित ५० रन बनाए । त्यस्तै नारायण जोशीले १२ बलमा नटआउट रहँदै ३ छक्का र १ चौकासहित ३१ रन जोडे भने कप्तान राजु रिजाल १९ र नरेन भट्ट १५ रन बनाएर आउट भए ।

nawajiwan

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दिपेन्द्र रावतले समान १ विकेट लिए ।