एस.टि.एस सिनेमा मा विहिवारबाट फिल्म ‘हनुमान’ प्रर्दशन हुदै

Image
Nisarga Hospital

धनगढीः अहिले भारतमा निकै चर्चा पाइरहेको फिल्म ‘हनुमान’ विहिवारबाट एस.टि.एस सिनेमा मा रिलिज हुँदैछ । प्रशान्त बर्मा निर्देशित फिल्मले भारतीय बक्सअफिसमा चार दिनमा ५५ करोड भारु कमाएको छ ।

CP Hospital Dhangadhi

नेपाली वितरण कम्पनी ब्यांकटेश इन्टरटेनमेन्टले यो फिल्मलाई नेपाल ल्याउन लागेको हो । यति मात्र हैन, वितरकले नेपालमा फिल्मको कमाइको केही हिस्सा अयोध्याको राममन्दिरमा पठाउने घोषणा गरेका छन् ।

१२ जनवरीदेखि रिलिज भएको फिल्ममा तेजा सज्जाले उत्कृष्ट अभिनय गरेका छन्। यतिबेला उनले चर्चा पाइरहेका छन्।

nawajiwan
Attariya Hospital

भारतीय संचारमाध्यम पत्रिका डटकमका अनुसार ५० करोडमा बनेको फिल्मले चार दिनमा ५५ करोड ८५ लाख कमाएको छ। फिल्मले दोस्रो दिन १२ करोड ४५ लाख भारू कमाएको थियो। तेस्रो दिन १६ करोड कमायो भने चौथो दिन यो फिल्मले १५ करोड २ लाख कमाएको छ।

प्रशान्त वर्माले निर्देशित फिल्ममा तेजा सज्जासँगै अमृता अय्यार, वरलक्ष्मी सरथकुमार, विनय राय, राज दिपक शेट्टीले भूमिका रहेको छ।