बझाङको साईपालमा खाद्याान्नको अभाव,५ हजार ८ सयमा पाइने चामल ६ हजार ५ सयमा किन्नु पर्ने बाध्यता !

Image
Nisarga Hospital

बझाङ: साइपाल गाउँपालिकामा खाद्यन्न अभाव भएको छ । हालसम्म साइपाल गाउँपालिकामा २५ सय क्विन्टल चामल ढुवानी हुनुपर्ने भएपनि ५ सय चामल मात्रै डुवानी भएको हो । गाउँपालिकामा अहिले मसिनो चामल त्यो पनि महंङ्गोमा ढुवानी भएको छ । साइपाल गाउँपालिकामा अहिले मसिनो चामल दश हजार रुपैयाँ क्विन्टलमा विक्री भइरहेको छ ।

CP Hospital Dhangadhi

हिमाली गाउँपालिका भएका कारण अहिलेसम्म २५ सय क्विन्टल चामल ढुवानी गरिसक्क्नु पर्ने भएपनि ठेकेदारहरुको लापर्वाहीका कारण पाँच समय क्विन्टल चामल मात्रै ढुवानी भएको साइपाल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नरेन्द्र धामीले बताउनुभयो । पालिकाबाट पटक पटक पत्राचार गर्दा पनि सुनुवाई नभएको उहाँले बताउनुभयो ।

Attariya Hospital

जिल्ला विपद व्यवस्थापन समितीको बैठकबाट निर्णय गरी खाद्य व्यपार तथा कम्पनीमा पत्राचार गरेको भएपनि कुनै पहल नभएका उहाँले बताउनु भयो । साइपालमा तत्काल चामल ढुवानी गर्नु पर्ने भन्दै जनप्रतिनिधीहरुले पटक पटक सरकारसँग आग्रह गरेको भएपनि समस्या समाधान हुन सकेको छैन् । ढुवानी भएको चामल पनि सकिने अवस्थामा रहेका कारण स्थानीयहरुले महंगोमा स्थानीय व्यपारीहरुबाट चामल किन्नु पर्ने अवस्था आएको छ ।

nawajiwan

साइपाल गाउँपालिकामा व्यपारीहरुले मोटो चामलको ६ हजार पाँचसय रुपैयाँसम्म क्विन्टलको लिने गरेको छन् । खाद्य संस्थानको मोटो चामल गाउँलिकासम्म ५ हजार ८ सयमा किन्न मिल्ले भएपनि ढुवानी भएको छैन् । खाद्य संस्थानको चामल अभाव भएपछी महंगोमा चामल किनेर खानुपर्ने अवस्था आएको वडाध्यक्ष धामीले बताउनुभयो । साइपाल गाँउपालिका हिमपातपछि बाटो नै अवरुद्ध हुने र खाद्यन्न अभाव भएपछि भोकमरी समेत हुने अवस्था छ । तत्काल चामल ढुवानी नभएको खण्डमा खाद्यन्न अभाव हुने स्थानीयहरुले बताएका छन् । एक हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा लिएको राजापुर खाद्य संस्थानले पनि अहिलेसम्म चामल ढुवानी नगर्दा खाद्यन्न अभाव हुने अवस्था आएको हो ।