सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै धनगढी उपमहानगरले जोड्यो मालपोत कार्यालयमा सोलार

Image
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा सोलार पावर जडान गरेको छ । विद्युत गएको समयमा मालपोतको सेवा अवरुद्ध हुने भएकाले उपमहानगरपालिकाले सोलार पावर सहयोग गरेको हो ।

CP Hospital Dhangadhi

भूमि सुधार तथा मालपोत कार्यालय, धनगढी कैलालीमा धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दोगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन् ।

विद्युत सेवा अवरुद्धभयो भन्ने मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ । धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३र४ दिनसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको हो । सोलार पावर जडान भएसँगै बत्ती नभएको अवस्थामा पनि सेवाग्राहीको काम सुचारु हुनेछ । धनगढी उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार पावर जडान गरेको जनाएको छ ।

nawajiwan
Attariya Hospital

नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो ।

बिहीवार एक समारोह आयोजना गरेर प्राध्यापक डाक्टर हेमराज पन्तले उक्त सोलार पावर उद्घाटन गरेका हुन् । सो अवसरमा नगर प्रमुख गोपाल हमाल, भूमीसुधार तथा मालपोत कार्यालय धनगढी, कैलालीका कार्यालय प्रमुख, नापी कार्यालयका प्रमुख, धनगढी उपमहानगरपालिका डिभिजनल ईन्जिनियर लगायत मालपोतका कर्मचारी र सेवाग्राहीको उपस्थिति रहेको थियो । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख हमालले प्रायः मालपोत कार्यालयबाट सेवाग्राहीको ूकाम भएन बती भएनू भन्ने गुनासो आइरहने भएकाले सोलार पावर सहयोग गरिएको बताए । उनले उपमहानगरको पहिलो प्राथमिकता नगरवासीको सेवा भएकाले सोलार पावर जडान गरेर सेवा पाउन सहजीकरण गरेको बताए ।