सुदूरपश्चिम सरकारको लगानी सम्मेलन : ५६ परियोजनाको प्रारम्भिक सूची तयार

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारको लगानी सम्मेलनका लाग ५६ वटा परियोजनाको सूची तयार भएको छ। प्रदेश सरकारले फागुन २३ र २४ गते धनगढीमा गर्ने लगानी सम्मेलनका लागि ५६ परियोजनाको सूची तयार पारेको हो। मुख्यमन्त्री कमल बहादुर शाह संयोजक रहेको सम्मेलन मूल आयोजक समितिले लगानीकर्तासहितको निकाय, परामर्शदाता तथा विज्ञसँग छलफल अगाडि बढाएको छ।

CP Hospital Dhangadhi

यस क्रममा समितिले लगानी सम्मेलनमा पेस हुने प्रारम्भिक परियोजनाहरू सूची तयार पारेको हो। सम्मेलन कार्यकारी समितिका सदस्य नृप सुनारका अनुसार प्रदेशभरि सम्भावित परियोजनाहरू पहिचान भइरहेको छ। उनले हालसम्म ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार पारेको बताए।

Attariya Hospital

जसमा ऊर्जा, कृषि, पर्यटन, यातायात, सूचना तथा प्रविधि, उद्योग, भौतिक पूर्वाधार, खानीलगायत क्षेत्रका परियोजना र स्थान पहिचान गरिएको छ। उद्योग व्यवसायी, बैङ्किङ क्षेत्रलगायतबाट अझै सम्भावित परियोजना माग गरिएको उनले बताए।

nawajiwan

प्रदेश सरकारले तयार पारेको सूची प्रारम्भिक भएकाले थपघट हुने उनले बताए। उनले परियोजनाहरूको लागत, प्रतिफलको अवस्था, लगानीकर्तालाई सरकारबाट प्राप्त हुने सहुलियतलगायत विषयमा छलफल भएपछि ठोस निष्कर्षमा पुगिने जानकारी दिए।