नेपाल टेलिकमको तामाजन्य कवाडको विक्रि प्रकरणमा अख्तियारको अनुसन्धान सुरु

Image
Nisarga Hospital

धनगढी : नेपाल टेलिकमको तामाजन्य कवाडको विक्रि प्रकरणमा अख्तियारले पनि अनुसन्धान गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले तामाजन्य कवाड प्रकरणमा अख्तियारको पनि ध्यानाकर्षण भएको र अनुसन्धान गर्ने जनाएको छ ।

CP Hospital Dhangadhi

अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रमेश कुमार केसीले त्यस घटनाप्रति अख्तियारले पनि चासो लिएको बताए । ‘हामीले पत्र पत्रिकामा आएको समाचारलाई पनि उजुरीकै आधारमा लिन्छौं । त्यसैले पत्रपत्रिका र अनलाईनहरुमा आएको समाचार प्रति हाम्रो ध्यानाकर्षण हुनु स्वभाविकै हो । हामी पनि अनुसन्धानमा लागि सकेका छौं’ प्रमुख केसीले भने ।

उनले केही कागजात नियन्त्रणमा लिईएको, केही स्थानमा स्थलगत पनि पठाइएको बताए । ‘हामीहरुले अनुसन्धान सुरु गरिसकेका छौं । त्यो भनेको कागजात नियन्त्रणमा लिनु हो, फिल्डमा पनि पठाउनु हो’ उनले भने । ‘जिल्ला प्रशासन कार्यालय कैलालीले पनि हेरि रहेको छ । त्यसको निस्कर्ष पनि पर्खेका छौं ।’

nawajiwan

नेपाल टेलीकमको तामाजन्य विक्रिमा दुई ट्रकमा मात्रै १२ हजार किलोको घोटाला भएको देखिएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीले गठन गरेको छानविन समितिले गरेको दुई वटा ट्रकको तौलमा बिलमा उल्लेख भएको भन्दा ११ हजार ९५२ किलो बढी तामाजन्य कवाड बढी फेला परेको थियो ।जिल्ला प्रशाशन कार्यालय कैलालीले प्रशासकीय अधिकृत शिवराज जोशीको नेतृत्वमा गठन गरेको छानविन समितिले पक्राउ परेका दुई वटा रा १ ख ३२०६ र ना ६ ख ४६० नम्बरको ट्रकको गत विहीबार र शुक्रबार ईलाका प्रहरी कार्यालय मालाखेतीमा तौल गरेको हो थियो ।

Attariya Hospital

त्यो दिनको विलिङमा १५ हजार ७७९ किलो तौल देखाईएकोमा छानविन समितिले पुनः तौल गर्दा ११ हजार ९५२ किलो बढी तौल देखिएको थियो । नेपाल टेलीकमको कबाडजन्य पदार्थमा अनियमीतता भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेपछि छानविन समिति गठन भएको थियो ।

छानविन समितिको निर्देशन पछि प्रहरीले दुई वटा ट्रक पक्राउ गरी ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखेको थियो । नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी विक्रि गरिएको हो ।

यसकार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनी बीच मिलेमतो भएको आशंका गरिएको छ । निर्देशनालयका अनुसार प्रबल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग कपरजन्य् पदार्थको ठेक्का सम्झौता गरेको थियो ।

निर्देशनालयका अनुसार टेलिकमले उपलब्ध गराउने तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान खरिदकर्ता कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैयाँ ८९ पैसामा खरिद सम्झौता भएको थियो ।