
अन्तिम दुई ओभरमा सर्वाधिक रन : भारतले अन्तिम दुई ओभरमा ५८ रन जोड्यो। टी–२० क्रिकेटमा अन्तिम दुई ओभरमा जोडेको यो अहिलेसम्मकै बढी रन हो। यसअघि गत सेप्टेम्बरमा चीनमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध अन्तिम २ ओभरमा ५५ रन जोडेर विश्व कीर्तिमान बनाएको थियो।

डेथ ओभरमा सर्वाधिक रन : भारतले डेथ ओभर अर्थात् अन्तिम ५ ओभरमा अफगानिस्तानविरुद्ध १०५ रन बनाएको छ। टी–२० आईमा डेथ ओभरमा जोडेको यो अहिलेसम्मकै धेरै रन हो। यसअघि नेपालले मंगोलियाविरुद्ध डेथ ओभरमा ८९ रन जोडेर विश्व कीर्तिमान कायम गरेको थियो।

पाँचौँ विकेटका लागि उच्च साझेदारी : बुधबारको खेलमा अफगानिस्तानविरुद्ध भारतका रिंकु र रोहितले पाँचौँ विकेटका लागि ९५ बलमा १९० रनको विश्व कीर्तिमानी साझेदारी गर्दै नेपालको विश्व कीर्तिमान तोडेको छ।

गत अक्टोबरमा मूलपानी क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई शृंखलामा नेपालका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले हङकङविरुद्ध १४५ रनको साझेदारी गरेर विश्व कीर्तिमान रचेका थिए। तर भारतले यो पनि तोडिदिएको छ।






























