लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ

Image
Nisarga Hospital

अत्तरियाः कैलालीबाट लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ परेका छन् ।

CP Hospital Dhangadhi

जिल्लाको बर्दगोरिया गाउँपालिका–६ को मुढाबाट बिहिवार संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कैलाली प्रहरीका अनुुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका– ४ का ३२ वर्षीय प्रेम चौधरी र भजनी नगरपालिका– ८ को ३५ वर्षीय पर्शुराम चौधरी रहेका छन् ।

Attariya Hospital

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक (सई) सुशिल चन्द र इलाका प्रहरी कार्यालय, सुखडको संयुक्त टोलीले उनीहरु सवार सुदूरपश्चिम प्रदेश ०१००८ प ३५१२ नम्बरको मोटरसाइकलसहित १० किलो खपटा बरामद गरेको हो ।

nawajiwan

खपटासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेको छ । प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय वन्यजन्तुको ओखेटोपहार तस्करीलाई लक्षित गरेर अप्रेशन चलाएको छ । यसअघि गत पुसमा पनि कैलालीको चुरेबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको थियो ।