आजबाट आईसीसी यू–१९ क्रिकेट विश्वकप सुरु हुँदै, नेपालको खेल कहिले को सँग हुदै छ त ?

Image
Nisarga Hospital

आईसीसी यू–१९ क्रिकेट विश्वकप आजबाट सुरु हुँदै छ । दक्षिण अफ्रिकामा हुन लागेको १५औँ संस्करणको यो विश्वकपमा नेपालसहित विश्वका उत्कृष्ट १६ युवा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

CP Hospital Dhangadhi

विश्वकपको पहिलो दिन दुई खेल हुनेछन् । आज आयरल्यान्डले अमेरिकासँग र घरेलु टोली साउथ अफ्रिकाले वेस्ट इन्डिजसँग खेल्दै विश्वकपको सुरु गर्नेछन् ।
सन् १९८८ मा सुरु भएको यू–१९ क्रिकेट विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । सन् १९९६ पछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपाली क्रिकेटको युवा टोलीले सन् २००० मा पहिलो पटक विश्वकप खेलेको थियो ।

त्यसयता सन् २००२, सन् २००४, सन् २००६, सन् २००८ र सन् २०१२ को विश्वकपमा छनोट भएको नेपाल अर्को पटक विश्वकपमा पुग्न सन् २०१६ लाई पर्खनुपरेको थियो । हाल नेपाली राष्ट्रिय क्रिकेट टिमका अधिकांश खेलाडीले खेलेको सो विश्वकपमा नेपालले आठौँ स्थान हात पारेको थियो । यो नेपालको युवा विश्वकपमा उत्कृष्ट प्रदर्शन थियो ।

nawajiwan

त्यसयता नेपालको युवा टोलीले विश्वकप खेल्न पाएको थिएन । सन् २०१६ पछि पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले विश्वकपमा माघ ७ गते न्युजिल्यान्ड, माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

हेर्नुहोस नेपालको खेल तालिका

२१ जनवरीः न्युजिल्यान्डविरुद्ध

Attariya Hospital

२४ जनवरीः पाकिस्तानविरुद्ध

२६ जनवरीः अफगानिस्तानविरुद्ध

यस्तो छ नेपालको टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।

आईसीसी यू–१९ विश्वकपमा सर्वाधिक उपाधि जित्ने टिम भने भारत हो । उसले ५ पटक उपाधि जितेको छ । अष्ट्रेलियाले ३, पाकिस्तानले २, बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले समान १ पटक उपाधि जितेका छन् ।