राष्ट्रिय सभाका उम्मेदवार संग परिचयात्मक तथा चियापान कार्यक्रम

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवार बिजयी गराउन सत्ता गठबन्धन दलका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुको राष्ट्रिय सभाका उम्मेदवारहरुसंग परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।

CP Hospital Dhangadhi

राष्ट्रिय सभा सदस्यका उम्मेदवार बिजयी गर्न गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक मेघराज खडकाको संयोजकत्वमा आज शुक्रबार नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको कार्यालयमा चियापान भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाले बताउनु भयो ।


नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुलाई सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रिय सभा सदस्यमा साझा उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका बलदेव बोहरा , नेकपा माओवादी केन्द्रकी रेणु चन्द, नेपाली काँग्रेसका नारायण दत्त भट्टले आ-आफ्नो परिचय सहित राष्ट्रिय सभामा निर्वाचित गराईदिन अपिल गर्नु भएको थियो ।

nawajiwan
Attariya Hospital

सो अवसरमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहनु भएका सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह , नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पुर्ब मन्त्री खगराज भट्ट , नेकपा समाजबादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पुर्ब मन्त्री दिर्घ सोडारी , नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी लगायतले सत्ता गठबन्धनको साझा उम्मेदवारहरुलाई बिजयी गराउन एकढिक्का भएर लाग्नुका साथै स्थानीय तहका प्रमुख, उपप्रमुख संग समन्वय गरि सबैले आ-आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित मतदान गर्ने दिन भन्दा एक दिन अगाबै धनगढी आई पुग्न सबै जिल्लाहरुमा सर्कुलर गरि इमानदार भएर लाग्न आग्रह गर्नु भएको थियो ।

सो कार्यक्रम राष्ट्रिय सभा सदस्यका उम्मेदवार बिजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक मेघराज खडकाको संयोजकत्वमा भएको थियो भने समन्वय समितिका सदस्यहरु नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा,नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी , लगायतको उपस्थिति रहेको थियो ।