
अत्तरियाः अत्तरिया कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा कलाकार चर्चित चक्र बमको प्रस्तुती रहने भएको छ ।

त्यस्तै आजै चर्चित डेउडा गायक लाल बहादुर धामी “अछामी बड्डा”को प्रस्तुती पनि रहने भएको छ ।
आजै अस्मीता पुरी,माया पाण्डे,रितु थापा,हेम अधिकारी भिम विष्ट लगायतको प्रस्तुती पनि रहने भएको छ । लामीताल परिसरमा जारी महोत्सव भोलीसम्म चल्नेछ ।


त्यसैगरी स्थानीय कल्बहरूको समेत विशेष प्रस्तुति रहने छ । पुस २६ गते बाट सुरु भएको महोत्सव पुमा ७ गतेसम्म चल्ने छ ।
लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।





























