अत्तरियामा लागेको महोत्सवमा नक्कली टिकट बरामद, कसरी जान्छ त सधै महोत्सव घाटामा ?

Image
Nisarga Hospital

कैलालीको अत्तरिया मा जारी प्रादेशिक महोत्सवमा झन्डै २८ बढी नक्कली टिकट को ठेली प्रयोग भएको भेटिएका छन । आयोजकले टिकट काटने टिमबाट उक्त ठेली बरामद गरेका हुन । संघ को समिति भित्र कै पदाधिकारी को मिलोमतो मा नक्कली टिकट ठेली बनाइएको आशंका गरिएको छ ।

CP Hospital Dhangadhi

संघका कोषाध्यक्ष हेम भन्डारीले नक्कली ठेली भेटिएको पुष्टी गरे । उनले नक्कली टिकट्को ठेली नियन्त्रणमा लिइएको बताए ।संघ ले टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस को स्वबियुलाई दिएको थियो । यसको बारेमा संघले आन्तरिका छलफल गरेको छ । ति ठेली कहाँ बनाइएको र कहिले देखी प्रयोगमा आएको हो भन्ने खुलेको छैन ।

संघले छापेका आधिकारिक टिकट भन्दा नक्कली टिकटमा छपाई कमसल प्रयोग भएको देखिन्छ । संघले थप टिकट नक्कली प्रयोग हुन सक्ने भन्दै आज देखी आँफै टिकट बिक्री बितरण गर्न शुरु गरेको छ ।यसबाट संघले महोत्सब मार्फत गर्ने आम्दानीमा समेत धक्का लागेको छ । संघ स्रोतका अनुसार नक्कली ठेलीबाट ५ लाख बढी को घोटाला भएको आशंका गरेको छ । यस बारेमा संघले छिट्टै आफ्नो धारणा सार्बजनिक गर्ने स्रोतको भनाई रहेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur