अमेरिकी राज्य टेक्ससमा गोलीकाण्डमा कम्तीमा ३ जनाको मृत्यु

Image
Nisarga Hospital

अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भएको गोलीकाण्डमा कम्तीमा ३ जनाको मृत्यु भएको छ। भाडाको घरमा भएको गोलीकाण्डमा अन्य २ जना घाइते भएका बताइएको छ।

CP Hospital Dhangadhi

ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्ष उमेर समूहका करिब १० देखि २० जना किशोर–किशोरीहरु भेला भएको अवस्थामा झगडा भएको थियो। झगडापछि गोली हानाहान हुँदा कम्तीमा ५ जनालाई गोली लागेको थियो।

Attariya Hospital

ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार १ जना किशोर र १ जना किशोरीको घटनास्थलमा मृत्यु भएको थियो। अर्का १ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

nawajiwan