बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
Nisarga Hospital

धनगढीः बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका९५ की ६८ बर्सिया राजुदेवी नेपालीको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

गत शुक्रवार दिउँसो जङ्गलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भीर घाइते भएकी थिइन्।

उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घर नजिकै रहेको थानकोट जङ्गलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भीर घाइते भएकी थिइन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur