बैतडीमा यु-१६ क्रिकेट शुरू

Image
Nisarga Hospital

बैतडीः सहिद दिवसकाे उपलक्ष्यमा बैतडीमा मंगलबारदेखि साेह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिता शुरू भएकाे छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजना र सहिद दशरथचन्द स्मृति प्रतिस्ठानकाे सहआयाेजनामा प्रतियोगिता दशरथचन्द खेलमैदान सुन्दरखालीमा शुरू भएको हाे।

CP Hospital Dhangadhi

प्रतियोगिताकाे नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्नुभएकाे छ। उद्घाटनपछि दुई खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा त्रिपुरा क्रिकेट क्लबलाई ६ विकेटले हराउदै दशरथचन्द एकेडेमीले विजयी शुरूवात गरेकाे छ। त्रिपुराले दिएकाे १११ रनकाे लक्ष्य एकेडेमीले १६.१ ओभरमा पूरा गर्याे। एकेडेमीको जितमा अविजित ३५ रन जाेडेका नवीन थापा म्यान अफ द म्याच चुनिए ।

nawajiwan
Attariya Hospital

यस्तै अर्काे खेलमा एनआरवाइसीलाई ४६ रनले पराजित गर्दै निङलाशैनी क्रिकेट क्लबले सुखद जित निकालेको छ। निङलाशैनीले दिएको १७२ रनकाे लक्ष्य पन्छाएकाे एनआरवाइसीले निर्धारित २० ओभरमा १२६ रनमा समेटियाे। उसका आयुस चन्दले ३४ रनकाे याेगदान गरेपनि टाेलीलाई जिताउन सकेनन् । निङ्लाशैनीका लागि विक्रम वाेहराले अर्धसतकीय पारी खेले । ८९ रनमा अविजित रहेकाे विक्रम प्लेयर अफ द म्याच समेत घाेषित भए।

जिल्लाका सबै क्षेत्रकाे प्रतिनिधित्व हुने गरि ५ टाेली सहभागी प्रतियोगिताकाे फाइनल खेल माघ १५ गते हुनेछ। विजेताले १६ हजार र उपविजेताले १० हजार पुरूस्कार पाउनेछन्।

उमेर समूहको याे प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।