
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई जितका लागि एक सय ९८ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको हो ।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए। दिपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २० तथा गुल्सन झाले १८ रनको योगदान गरे। दिपेश कँडेल, अर्जुन कुमाल र आकाश त्रिपाठी ६–६ तथा उत्तम मगर ४ रनमा आउट भए। आकाश चन्द १६ रनमा अविजित रहे।
पाकिस्तानका लागि अराफत मिन्हासले ३ र अहमद हुसेनले २ विकेट लिए। आज पराजित भएमा नेपाल विश्वकपको समुह चरणबाटै बाहिरिने छ। यसअघि नेपाल न्युजिल्याण्डसँग पराजित भएको थियो। अन्तिम खेल नेपालले अफगानिस्तानसँग खेल्नेछ।






































