यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानबीचको खेलमा क्रिकेटमा बन्यो दुर्लभ खेल, एकै बलमा ५ रन

Image
Nisarga Hospital

काठमाडौं:  आईसीसी यू–१९ विश्वकपअन्तर्गत नेपाल र पाकिस्तानबीचको खेलमा क्रिकेटकै दुर्लभ घटना भएको छ ।

CP Hospital Dhangadhi

विश्वकपअन्तर्गत बुधबार दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङमा आएको नेपालका ब्याटरले दौडिएरै पाँच रन लिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ । नेपालका आकाश चन्दले ४९औँ ओभरको पाँचौँ बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका मोहम्मद जिसानको बलमा आकाश र सुवास भण्डारीले दौडिएर पाँच रन ल्याए ।

जारी खेलको पहिलो इनिङमा नेपालले पाकिस्तानसामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बफेलो पार्कमा नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल बनाएपछि पाकिस्तानले जितका लागि १९८ रनको लक्ष्य पाएको हो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur