कर्मचारी भर्ना लगायतका कार्यमा कुनै त्रुटी नभएको कृष्णपुर नगरपालिकाको स्पष्टोयुक्ति

Image
Nisarga Hospital

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष अर्जुन साउँदले स्वास्थ्य क्षत्रेका कर्मचारी भर्ना प्रक्रिया, निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्ती र प्राविधिक क्षेत्रका कर्मचारी सम्बन्धित क्षेत्रमा फिर्ता पठाउने लगायतका निर्णय बिरुद्ध उभिदै बिभिन्न आरोप लगाएका छन् । नगर प्रमुख र कार्यपालिकालाई लक्षित गर्दै साउँदले स्वास्थ्यका कर्मचारीको सर्ट लिस्ट प्रति उनले चित्त दुखाएका छन् । सामाजिक सञ्जालमा मेयर हेमराज ओझालाई लक्षित गर्दै कार्यक्रता भर्ती गर्न खोजेको आरोप लगाएका थिए । यस संगै ७ औँ तहका लेखा अधिकृतलाई नभई पशु चिकित्सक लाई भैँसी डक्टरको संज्ञा दिदै उनले निमित्त प्रशासकीय अधिकृत बनाइएको आरोप लगाएका थिए ।

CP Hospital Dhangadhi

तर कृष्णपुर नगरपालिकाले भने कर्मचारी भर्ना लगायतका कार्यमा कुनै त्रुटी नभएको दावी गरेको छ । नगरपालिकामै पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षको आरोप मित्थ्या भएको कार्यपालिकाले जनाएको छ । नगरपालिकाका बिभिन्न बर्थिङ सेन्टर, स्वास्थ्य चौकीमा स्वास्थ्य क्षेत्रको कर्मचारी निकै अभाव थियो त्यस कारण हामीले ग्रामिण क्षेत्रमा स्वास्थ्यको पहुँच बढाउनका लागी स्वास्थ्य कर्मचारीको माग गरेका थियौँ नगरपालिकाको स्वास्थ्य साखा प्रमुख रतन सिहं बिष्टले भने “८ जना हेल्थ अस्स्टिेन्टको माग अनुसार हामीले आवेदन लियौँ, नगर कार्यपालिकाले बनाएको कार्यबिधि अनुसार हामीले सर्ट लिस्टमा स्थानियबासीको १० नम्बर, जिल्लाबासीको ५, अन्य जिल्लाबासीको ३ नम्बर दियौँ, त्यसपछि शैक्षिक योग्यताका आधारमा बिषिस्ट श्रेणीलाई ६० नम्बर, प्रथमलाई ५५, दितियलाई ५० र तृतिय श्रेणीलाई ४५ नम्बर दियौँ र कार्य अनुभवका आधारमा १ बर्षको २ नम्बर र ५ बर्षसम्मको अनुभव भएकोलाई १० नम्बर दियौँ ।” हामी कर्मचारीले कुनै नियमपनि बनाएका होइनौँ कार्यपालिकाले बनाएको कार्यबिधिलाई टेकेर सर्ट लिस्ट निकालेका हौँ उनले भने “सबै प्रमाणपत्र हेरेर हामीले सर्ट लिस्ट निकालेका छौँ, ८ जनाको आवश्यक्ता हुनुपर्नेमा हामीले सर्ट लिस्टमा ३९ जना निकालेका छौँ, अब यस पछिको परिक्षाबाट हामी ८ जना कर्मचारी छान्नेछौँ, कार्यपालिकाले बनाएको कार्यबिधिमै टेकेर कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाउँदा बिना कारण आरोप लगाउनु गलत हो, एदी हामीहरुले ति मापदण्ड बिपरित कसैको सर्टलिस्ट निकालेका छौँ भने जुनसुकै मुद्धा र कार्वाहीका लागी तयार छौँ ।”

यस्तै प्राबिधिक क्षेत्रका कर्मचारी फिर्ता पठाउन सम्बन्धित पालिका र संघको पत्र अनुसार काम गरेको वडा नम्बर ५ का अध्यक्ष टेक पाण्डेयले बताए । हामीसंग करार कर्मचारी र अन्य पालिकामा दरबन्दी रहेर काजमा आएका प्राबिधिक कर्मचारी सहित १३ जना हुनुहुन्छ हामीसंग पुंजिगत बजेटनै ५र६ करोड जती छ उनले भने “अनी हामीलाई त्यति जनशक्ती आवश्यकपनि रहेन त्यस कारण सम्बन्धित पालिकाले भने अनुसार काजमा आएका प्राबिधिक कर्मचारीलाई आफ्नै ठाउँमा जान भनेका हौँ, हामीले करारमा रहेका कर्मचारीलाई निकाल्ने भनेका होइनौँ, स्थाई कर्मचारी जहाँ गएरपनि काम गर्छन्, तर करार कर्मचारीको रोजीरोटी खोस्नु भएन भनेर स्थाइलाई सम्बन्धित ठाउँमा जान भनेका हौँ, कसैको धेरै समस्या छ भने सम्बनिधत पालिकासंगको समन्वयमा सहजीकरण गर्ने मेयरसापले भन्नुभाछ, हामी कसै ब्यक्तीलाई इगिंत गरेर भन्दापनि कानुनमा टिकेर काम गरिरहेका छौँ ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै प्रमुख प्रशासकिय अधिकृत पशु डक्टरलाई दिइएको बारे बाध्यता श्रृजना भएको वडा नम्बर १ का अध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता मोहन बहादुर बस्नेतले बताए । हामीसंग भएको प्रमुख प्रशासकिय अधिकृत शिव भण्डारी आफै सरुवा मागेर जानुभयो, धेरै समय हाम्रो कामकाज प्रभावित भयो त्यही कारण हामीले संघ सरकार संग प्रमुख प्रशासकिय अधिकृत माग गरेका थियौँ उनले भने “संघ सरकारले उप सचिव अहिले नभएका कारण सिनियरलाई निमित्तको जिम्मेवारी दिनका लागी नाम पठाउन भनियो र हामीले लेखा अधिकृत र पशु चिकित्सक मान बहादुर केसी सरको नाम दियौँ, लेखा अधिकृतको दोहोरो हस्ताक्षर नमिल्ने भएकाले केसी सरलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको हो, त्यसको निर्णय सबैको सर्बसहमतीले भएको हो ।” यि सबै निर्णय र कार्यान्वयन गर्ने हामी सबै छौँ तर बिना कारण बिवाद उत्पन्न गर्नु गलत हो उनले भने “कसैको आफ्नो मान्छे परेनन् होला, हामीले कर्मचारीहरुलाई दवाव दिने कुरा भएन, कर्मचारी छनौट समितिले आफ्नो किसिमले काम गरेका हुन्, यसमा कुनै बखेडा झिक्न जरुरी छैन, हाम्रो सेवालाई अवरुद्ध पार्ने या, कामकाज प्रभावित बनाउने तत्व लागेका छन्, उहाँहरुले भने जसरी हामीले गलत केही गरेका छैनौँ, प्रक्रिया बिपरित काम भए कार्वाही भोग्न तयार छौँ, तर यसरी कसैको मान मर्दन हुने गरी जिम्मेवार ब्यक्तीहरुले अभिब्यक्ती दिनु गलत हो, जिम्मेवार ब्यक्तीले जिम्मेवारी तरिकाले अभिब्यक्ती दिनु उचित होला ।”
कृष्णपुर नगरपालिकाले हेल्थ असिस्टेन्ट र अहेवका लागी खोलिएको बिज्ञापनमा ९८ जनाको आवेदन परेको थियो । हेल्थ असिस्टेन्टको सर्ट लिस्टमा ३९ जना परेका छन् । ति मध्ये ८ जना छनौट हुने छन् ।

Dhnagadhi & Krishanapur