
बैतडी: दशरथचन्द एकेडेमी,बैतडीमा जारी साेह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेकाे छ । शनिबार सम्पन्न खेलमा निङलाशैनी क्रिकेट क्लब(एनसीसी ) माथि २ विकेटको जित निकाल्दै एकेडेमी फाइनल पुगेकाे हाे । पराजित भएकाे एनसीसी पनि फाइनलमा सुरक्षित भएकाे छ ।

दुबै टाेलीले समान तीन खेल जितेकाे हाे। नेटरनरेटमा एनसीसी अंकतालिकाकाे शिर्ष र एकेडेमी दाेस्राे स्थानमा रहदै फाइनलमा पुगेका हुन्।
एनसीसीले दिएकाे १११ रनकाे लक्ष्य एकेडेमीले १७ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे। जसमा नवीन थापा र प्रेम चन्दले १८/१८ रनकाे याेगदान गरे। एनसीसीका प्रेम बाेहराले २ विकेट हात पारे।
यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेकाे एनसीसीले निर्धारित २० ओभरमा ९ विकेटकाे क्षतिमा ११० रन बनायाे। उसका कृष्ण बाेहराले सर्वाधिक २६ रन बनाए। एकेडेमीका प्रविन भाटले ३ विकेट झारे। प्रविन खेलका म्यान अफ द म्याच समेत चुनिए ।




प्रतियोगिताकाे फाइनल खेल आइतबार हुने क्रिकेट प्रशिक्षक दिपेन्द्र बहादुर बाेहराले जानकारी दिनुभयो ।
सहिद दिवसकाे उपलक्ष्यमा बैतडी जिल्ला क्रिकेट संघको आयोजना र सहिद दशरथचन्द स्मृति प्रतिस्ठानकाे सहआयाेजनामा माघ ९ गतेदेखि प्रतियोगिता शुरू भएको हाे।
उमेर समूहको याे प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।


































