बैतडीकाे जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पहिलाेपटक मेलौलीमा हुने

Image
Nisarga Hospital

बैतडी: बैतडीको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यही माघ २६ गतेदेखि हुने भएकाे छ।

CP Hospital Dhangadhi

जिल्ला खेलकुद समितिको आईतबार बसेको बैठकले प्रतियोगिता माघ २६ गतेदेखी २८ गतेसम्म मेलौली नगरपालिकामा गर्ने निर्णय गरेको हाे।
रनिङ शिल्ड प्रतियोगिता पहिलोपटक मेलाैलीमा हुन लागेकाे जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो। मेलाैली नगरपालिकाकाे विषेश आग्रहपछि त्यहाँ प्रतियोगिता हुने तय भएकाे अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको जिल्ला खेलकुद समिति आयोजक र मेलौली नगरपालिका सह–आयोजक रहनेछ ।
प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, कराते हुने जनाइएको छ। १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयाे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नगरपालिका प्रतियोगिताका लागि आवश्यक पर्ने सबै कुराकाे व्यवस्थापन गर्न तयार रहेकाे मेलाैली नगरपालिकाका खेलकुद समितिका अध्यक्ष सागर भण्डारीले बताउनुभयो ।

गत बर्ष पाटनमा सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो। मेलौली १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित पहिलो भएको थियो। ७ स्वर्ण, ६ रजत र ८ कास्यपदक सहित पाटन नगरपालिका दोस्रो र ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित डिलाशैनी गाउँपालिका तेस्रो भएको थियो।

Dhnagadhi & Krishanapur