प्रधानमन्त्री कप क्रिकेटमा आज कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै

Image
Nisarga Hospital

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज कोशी र लुम्बिनी प्रदेश तथा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

CP Hospital Dhangadhi

कोशी र लुम्बिनीको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।जारी प्रतियोगितामा कोशी प्रदेश अहिलेसम्मका  आठवटै खेलमा हार बेहोर्दै अंकविहीन छ । यस्तै, लुम्बिनी प्रदेशले ७ खेलबाट २ अंक जोडेको छ ।

यसैगरी, आज एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । प्रतियोगितामा ७ खेल खेलेको एपीएफ ८ अंकसहित पाँचौँ स्थानमा छ भने समान खेल खेलेको सुदूरपश्चिम ८ अंकसहित छैटौँ स्थानमा छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur