
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बिहीबार समूह चरणका अन्तिम दुई खेल हुँदैछन्।

मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुने खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यही समयमा त्रिवि खेल मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
जारी प्रतियोगितामा पुलिस आठ खेलबाट १६ अंक जोड्दै फाइनलमा प्रवेश गरिसकेको छ। अपराजित पुलिस यो खेलमा जित निकाल्दै खातामा १८ अंक बनाउने लक्ष्यमा हुनेछ। आठ खेलबाट ८ अंक जोडेर छैटौँ स्थानमा रहेको सुदूरपश्चिम भने फाइनल प्रवेशको सम्भावनाबाट बाहिरिइसकेको छ।






































