आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित

Image
Nisarga Hospital

आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत शुक्रबारको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ ।

CP Hospital Dhangadhi

दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान देव खनालले ५३ बलमा दुई चौकासहित ३३ रन बनाए भने दुर्गेश गुप्ताले अविजित २९ बनाए । साथै ओपनरद्वय अर्जुन कुमालले २६ र दीपक बोहोराले २२ रन बनाए भने आकाश चन्दले १८ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भारतको जीतमा सौम्य पाण्डेले चार र असरिन कुलकर्णीले दुई विकेट लिए । साथै राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिशेकले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनाएको थियो । उसका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे । कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए ।

त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।

Dhnagadhi & Krishanapur