प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि नेपाल पुलिस र आर्मीबिच भिड्दै

Image
Nisarga Hospital

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच शनिबार भिडन्त हुँदैछ । खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ

CP Hospital Dhangadhi

पुलिस क्लब लिग चरणको खेलमा पहिलो हुँदै फाइनलमा पुगेको हो । आर्मी क्लबले भने लिग चरणको खेलमा दोस्रो हुँदै फाइनलमा पुगिससँगको भिडन्त पक्का गरेको हो । लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान थियो ।

प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए । लिग चरणमा पुलिस क्लब आफूले खेलेका नौमध्ये सबै खेलमा विजयी भएको थियो । जारी प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जित हात पार्ने पुलिस एकमात्र टोली हो । तालिकामा पहिलो हुने क्रममा पुलिस क्लबले कुल १८ अंक बटुलेको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

आर्मी क्लबले भने लिग चरणमा आफूले खेलेका नौमध्ये सात खेलमा सफलता हात पारेको थियो । दुई खेलमा आर्मी क्लब पराजित भएको थियो । आर्मी क्लबलाई लिग चरणमा बागमती प्रदेशले तीन विकेट र पुलिस क्लबले १३ रनले पराजित गरेका थिए । तालिकामा दोस्रो हुने क्रममा आर्मी क्लबले १४ अंक बटुलेको थियो ।

लिग चरणको खेलमा सर्वाधिक कुल स्कोर बनाउने टोलीको सूचिमा आर्मी दोस्रो र पुलिस क्लब चौथो स्थानमा रहेका थिए । लिग चरणमा सर्वाधिक स्कोर बनाउने टोली भने मधेस प्रदेश थियो । मधेस प्रदेशले गण्डकी प्रदेशविरुद्धको खेलमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको थियो ।

Dhnagadhi & Krishanapur