दिपायल सिलगढी नगरपालिकाका मेयर खड्काले चलाएको गाडीले पैदलयात्रीलाई ठक्कर

Image
Nisarga Hospital

डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका नगर प्रमुख (मेयर) बाजि सिं खड्का ‘ विजयी ‘ सवार गाडी ( स्काँर्पीयाे) ले कैलालीमा एक पैदलयात्रीलाई ठक्कर दिएकाे छ ।

CP Hospital Dhangadhi

गाडीले ठक्कर दिँदा चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडाका ५५ वर्षीय पदम सुनार घाइते भएकाे कैलाली ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएकाे छ ।

Attariya Hospital

धनगढीबाट दिपायल जाँदै गरेको से १ ज ३१७ नम्बरको उक्त गाडीको ठक्करबाट चुरे गाउँपालिका – ५ का ५५ वर्षिय पदम सुनार घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

nawajiwan

घाइते सुनारको टाउकोमा चोट लागेको र उनको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।