साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानलाई पराजित

Image
Nisarga Hospital

बङ्गलादेशमा जारी उमेर समुहको साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भुटानलाई पराजित गरेको छ । ढाकाको मुस्ताफा कमल रंगशालामा भएको खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले हराएको हो ।

CP Hospital Dhangadhi

यसअघि भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । घरेलु टोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । नेपालले समुहको अन्तिम खेलमा मङ्गलबार भारत विरुद्ध खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन् । सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur