बैतडी जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

मेलौली नगरपालिकामा शुक्रबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ। मेलौलीमा पहिलोपटक जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता हुन लागेको आयोजक जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए। प्रतियोगितामा मेलौली सहआयोजक हो।

मेलौली नगर खेलकुद विकास समितिका अध्यक्ष सागर भण्डारीका अनुसार प्रतियोगितामा १० वटै पालिकाका टिमको सहभागिता रहनेछ। प्रतियोगिताको उद्घाटन संघीय सांसद दामोदर भण्डारीले गर्ने कार्यक्रम छ।

nawajiwan

नेपाल क्रिकेट संघ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, प्रदेश सभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र १० वटै पालिकाका प्रमुख तथा उपप्रमुख रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

Attariya Hospital

शुक्रबार बिहान ८ बजेदेखि खेलकुद प्रतियोगिता शुरु हुनेछ। यस्तै बिहान साढे ११ बजेदेखि साढे २ बजेसम्म प्रतियोगिता उद्घाटन समारोह सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, कराते हुने जनाइएको छ। १० स्थानीय तहका ८०० भन्दा बढी खेलाडी र प्रशिक्षक सहभागी हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए।

गत वर्ष पाटनमा सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो।