
बैतडी:

बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु भएको छ । “राष्ट्रका लागि खेलकुद : स्वास्थ्यका लागि खेलकुद” भन्नने मुल नाराका साथ जिल्लाको मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवति मन्दिरको खेलमैदानमा आज देखि बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।


रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन आज छात्र छात्रा दुवै तर्फको १ सय मिटर, ३ हजार मिटरको दौड, छात्राको कबडी तथा सटफुट लगायतका खेलहरु सम्पन्न भएका जनाइएको छ ।
छात्रा छात्रको तर्फको १ सय मिटर दौडमा मेलौली नगरपालिका प्रथम भएको छ । छात्र तर्फ मेलौली नगरपालिकाका सन्दीप दयाल प्रथम भएका छन् भने छात्रा तर्फ बेलु भट्ट प्रथम भएकि छन् ।
यस्तै छात्र तर्फको दौडमा दशरथचन्द नगरपालिकाका प्रविन लावडले द्वितीय स्थान हासिल गरेका छन् । यस्तै दोगडाकेदार गाउँपालिकाका दीपक भूल तृतिय भएका छन्।

छात्रा तर्फ १ सय मिटर दौडमा पाटन नगरपालिकाकी पुष्पा कुवँर द्वितीय र शिवनाथ गाउँपालिकाकी अन्जु साउदले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

३ हजार मिटरको छात्रा तर्फको दौडमा सिगास गाउँपालिकाकी देवकी कुमारी धामी प्रथम भएकी छन्। द्वितिय दशरथचन्द नगरपालिकाकी ममता जोशी र तृतीय मेलौली नगरपालिकाकी मनिसा भट्ट भएकी छन्।
३ हजार मिटरकै छात्र तर्फको दौडमा मेलौली नगरपालिकाका सुरेश भट्ट प्रथम भएका छन्। द्वितियमा दशरथचन्द नगरपालिकाका दिपेश जोशी र पाटन नगरपालिकाका ललित भट्टराई भएका छन भने पुर्चौडि नगरपालिका सुर्नया गाउपालिका तृतिय भएका छन।
यसैगरी सटपुटमा छात्रतर्फ मैलौली नगरपालिका प्रथम भएको छ, भने द्वितिय शिवनाथ गाउँपालिका र त्रितिय स्थान पनि मेलौली नगरपालिकाले हात परेको छ। सटपुटको छात्रातर्फ पाटन नगरपालिका प्रथम भएको छ भने द्वितिय मेलौली नगरपालिका भएको छ बने तृतीयमा सुर्नया गाउँपालिका भएको छ ।
बैतडी जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पर्सी सम्म सञ्चालन हुने छ ।

खेल क्षेत्रको विकासका लागि सरकारको ध्यान जानु आवश्यक : क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेल क्षेत्रको विकासका लागि सरकारको ध्यान जानु आवश्यक रहेको बताएका छन् । शुक्रबार बैतडीको मेलौलीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्दघाटन सत्रमा बोल्दै क्यान अध्यक्ष चन्दले पनि अहिले सरकारले खेल क्षेत्रका लागि पार्याप्त बजेटको व्यवस्थापन गर्न नसकेको बताए ।
स्थानीय सरकारहरुले खेलकुदका पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष चन्दले क्रिकेट लगायतका खेलमा सबैको चासो जानु आवश्यक रहेको बताए ।
पछिल्लो समयमा खेलाडी उत्पादन भइरहेपनि उनीहरुको व्यवस्थापनमा तिनै तहका सरकारको ध्यान जानु आवश्यक रहेको अध्यक्ष चन्दको भनाइ छ ।
खेल क्षेत्रको विकासमा सरकारको ध्यान छैन् : सांसद भण्डारी

बैतडीबाट निर्वाचित संघीय सांसद एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले खेल क्षेत्रको विकासमा सरकारले ध्यान नदिएको बताएका छन् । बैतडीको मेलौलीमा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन सत्रमा बोल्दै सांसद भण्डारीले पूर्ववर्ती सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई यो सरकारले निरन्तरता नदिएको आरोप लगाएका छन् ।
सम्बोधनको अधिकांश समय सरकारको आलोचना गरेका सांसद भण्डारीले पहुँचको भरमा मात्रै बजेट विनियोजन भएको दाबी गरे । सरकारकै कारण खेल क्षेत्रका पूर्वाधारहरु विकास हुन नसकेका उनले आरोप लगाए ।
खेलकुदका माध्यमबाट नेपाल विश्व सामु चिनिएको भएपनि सरकारले अन्तर्राष्ट्रिय स्तरको एउटा मैदान समेत बनाउन नसकेको बताए ।
वर्तमान सरकारले लक्ष्य अनुुसार राजस्व समेत संकलन गर्न नसकेको बताउँदै पूर्व अर्थराज्यमन्त्री भण्डारीले पूँजीगत खर्च समेत निराशाजनक रहेको बताए ।
खेल क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रदेशसभा सदस्य जानकी ऐर बम

यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य जानकी ऐर बमले खेल क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने बताइन् । खेलकुद क्षेत्रको विकासका लागि प्रदेशबाट आवश्यक बजेट विनियोजन हुन नसकेको उनले बताइन् ।






























