बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिन आज कुन कुन खेल हुन्छन् ?

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन आज पनि बिभिन्न खेलकुद खेलाइने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्लाको मेलौली नगरपालिकाको मेलौली भगवती माताको खेलकुद मैदानमा हिजो देखि सुभारम्भ भएको खेलकुदमा आज पनि बिभिन्न खेलकुद खेलाइने भएको जिल्ला खेलकुद समितीले जनाएको छ ।

nawajiwan
Attariya Hospital

आज बिहान ८ बजे देखि विभिन्न खेलकुद खेलाउन सुरू गरिएको छ ‌। आज भलिबल, कबड्डी छात्र/छात्रा, १००×४ मिटर छात्र छात्रा रिले हिट , ३००० मिटर, ८०० मिटर दौड हिट, १००×४ मिटर छात्र छात्रा रिले फाइनल र ८०० मिटर दौड फाइनल खेल खेलाइने जनाइएको छ ।

यस्तै आज नै ४०० मिटर दौड फाइनल, २०० मिटर दौड छात्र छात्रा हिट, १५०० मिटर दौड छात्र छात्रा फाइनल, ४×४०० मिटर छात्र छात्रा रिले हिट, २०० मिटर दौड छात्र छात्रा फाइनल, हाइ जम्प छात्र छात्रा र ४×४०० मिटर रिले दौड छात्र छात्रा फाइनल खेल खेलाइने बैतडी जिल्ला खेलकुद समितीले जनाएको छ ।