
बैतडी:

बैतडीको मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवती माताको खेलकुद मैदानमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपनि रनिङ् शिल्ड प्रतियोगितामा छात्र तर्फको त्रिपल जम्पमा मेलौलीलाइ स्वर्ण पदक हात पर्न सफल भएको छ । मेलौली नगरपालिकाकस सन्दीप दयालले स्वर्ण पदक दिलाएका छन।

मेलौली नगरपालिकाकै सुवास लुहार द्वितिय हुँदै रजत दिलाएका छन् भने सुर्नया गाउँपालिकाका रबि लुहार तृतीय हुँदै कास्य जितेका छन। स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ हिजो देखी सुरु भएको प्रतियोगिता आइतबार सम्म सञ्चालन हुनेछ ।































