
बैतडी:

बैतडीको मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवती माताको खेलकुद मैदानमा जारी १४ औँ बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत छात्रा तर्फको हाइजम्पमा दोगडाकेदार गाउँपालिकालाई सुनिता पार्कीले पहिलो स्वर्ण पदक दिलाएकी छिन् ।

यस्तै द्वितिय स्थान हासिल गर्दै डिलाशैनी गाउँपालिकाकाकी हिरा बोहराले रजत पदक दिलाइन भने तृतिय स्थान हासिल गर्दै दोगडाकेदार गाउँपालिकाकै आरती महराले काश्य पदक जितेकी छिन् ।

स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ हिजो देखी सुरु भएको प्रतियोगिता आइतबार सम्म सञ्चालन हुनेछ ।






























