बैतडी जिल्लास्तरीय रनिङ शिल्ड: आज अन्तिम दिन, कस्तो छ कार्यक्रम तालिका

Image
Nisarga Hospital

बैतडी: बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन आज पनि बिभिन्न खेल खेलाइने भएको छ ।

CP Hospital Dhangadhi

स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्लाको मेलौली नगरपालिकाको मेलौली भगवती माताको खेलकुद मैदानमा शुक्रवार देखि सुभारम्भ भएको खेलकुदमा आज अन्तिम दिन पनि बिभिन्न खेलकुद खेलाउदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन गरिने जिल्ला खेलकुद समिती बैतडीले जनाएको छ ।

आज बिहान ८ बजे देखि विभिन्न खेलकुद खेलाउन सुरू गरिने आयोजकले जनाएको छ । आज छात्र छात्रा कराँते, छात्र छात्रा भलिबल फाइनल खेल, छात्र छात्रा कबड्डी फाइनल खेल खेलाइने आयोजक जिल्ला खेलकुद समितीले जनाएको छ ‌।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

आज दिउँसो ठिक २ बजे खेलाडीलाइ उचित पुरस्कार वितरण सहित बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन हुने जनाइएको छ ।

हिजो शनिवार भलिबल, कबड्डी छात्र/छात्रा, १००×४ मिटर छात्र छात्रा रिले हिट , ३००० मिटर, ८०० मिटर दौड हिट, १००×४ मिटर छात्र छात्रा रिले फाइनल र ८०० मिटर दौड फाइनल खेल खेलाइएको थियो ।

हुजो नै ४०० मिटर दौड फाइनल, २०० मिटर दौड छात्र छात्रा हिट, १५०० मिटर दौड छात्र छात्रा फाइनल, ४×४०० मिटर छात्र छात्रा रिले हिट, २०० मिटर दौड छात्र छात्रा फाइनल, हाइ जम्प छात्र छात्रा र ४×४०० मिटर रिले दौड छात्र छात्रा फाइनल खेल भएका थिए ।

शुक्रवार बिहान ८ बजे देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो दिन छात्र छात्रा १ सय मिटर दौड हिट र फाइनल खेल, छात्र छात्रा ४०० मिटर दौड खेल, सटफुट छात्र छात्रा, भलिबल, कबड्डी, लङ जम्प छात्र छात्रा, १००×४ मिटर रिले दौड छात्र छात्रा हिट, ३००० मिटर, ८०० मिटर छात्र छात्रा दौड हिट, १००×४ मिटर रिले दौड छात्र छात्रा रिले फाइनल र ८०० मिटर दौड छात्र छात्रा फाइनल खेल खेलाइएको थियो ।

Dhnagadhi & Krishanapur