
बैतडी:

बैतडीको मेलौलीमा जारी १४ औँ बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको भलिबलको उपाधी शिवनाथ गाउँपालिकाले जितेको छ ।

शिवनाथ गाउँपालिकाले फाइनल खेलमा मेलौली नगरपालिकालाई २ –१ को सेटमा पराजीत गर्दै स्वर्ण जितेको हो ।

शिवनाथ गाउँपालिकासँग पराजीत मेलौली नगरपालिका दोस्रो भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकालाई २–१ को सेटमा हराउँदै पुर्चौडी नगरपालिका तेस्रो भएको छ ।






























